राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन्।
हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान स्थगित गरेर सोमबार काठमाडौं पुगेलगत्तै प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्।
उनीहरूबीच समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।