न्याम्सको पाचौँ दीक्षान्त समारोह सम्पन्न, २६३ जना दीक्षित

काठमाडौं, ११ चैत । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्सं) ले पाचौँ दीक्षान्त समारोह सम्पन्न गरेको छ । आज काठमाडौंमा दीक्षान्त समारोह आयोजना गरी स्नातक र स्नातकोत्तर तह उतीर्ण गर्ने विद्यार्थीलाई दीक्षित गरिएको हो ।
समारोहमा २०८० असाररसाउन देखि २०८१ वैशाख/जेठ सम्म स्नातकोत्तर र स्नातक तह उतीर्ण गर्ने चिकित्सक, स्वास्थ्यकर्मी दीक्षित भएका हुन् ।
पाचौँ दीक्षान्त समारोहमा चिकित्सक, स्वास्थ्यकर्मीको संख्या २६३ रहेको न्याम्सले जानकारी दिएको छ ।
न्याम्सका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा उपस्थितिमा हुने भनिए पनि उनी उपस्थित भएनन् । सहउपकूलपति रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न भयो ।
मन्त्री पौडेलले उतीर्ण विद्यार्थीहरूलाई प्रतिज्ञा गराएका थिए ।
२३ वर्षअघि स्थापना भएको न्याम्सले हाल वीर अस्पतालसहित २४ आंगिक अस्पतालमा आफ्ना शैक्षिक कार्यक्रम सञ्भमलन गर्दै आएको छ ।
अहिले न्याम्समा डीएम एमसिएच १६, एमडी/एमडीएस/एमएस अन्तर्गत १९ सिट अध्यापन हुँदै आएको छ।
त्यसैगरी नर्सिङ स्नातकमा ४ विषय र नर्सिङ स्नातकोत्तरमा ६ विषय पढाइ हुने गरेको छ ।
मेडिकल एमेजिङ टेक्नोलोजीमा एउटा स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको छ । अप्टोमेट्री एण्ड भिजन साइन्स र अडियोजोली एण्ड स्पीच ल्यांग्वेजमा स्नातक कार्यक्रम र एनेस्थेसिया सहायक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
चिकित्सातर्फ २३ र नर्सिङ शिक्षामा २ फेलोसिप कार्यक्रम सञ्चालन गर्दे आएको छ ।