बुधबार २० चैत, २०८१

विद्युत् प्राधिकरणको कार्यालय अगाडि सुरक्षाकर्मी बढाइयो

विद्युत् प्राधिकरणको कार्यालय अगाडि सुरक्षाकर्मी बढाइयो

काठमाडौं । सरकारले विद्युत् प्राधिकरणको कार्यालय वरपरमा सुरक्षाकर्मीको बढाएको छ । सशस्त्र र नेपाल प्रहरीको टोली प्राधिकरण कार्यालयको मुख्य गेट र वरपर तैनाथ छन् ।

सरकारले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेपछि जनआक्रोश बढेकाले सुरक्षाकर्मीको तैनाथी बढाइएको अनुमान छ ।

आज बिहान मात्रै प्राधिकरणको कार्यालय नजिक पर्ने प्रदर्शनीमार्गमा विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका थिए । आज दिउँसो पनि विभिन्न संघसंघठनहरुले विरोध प्रदर्शनको कार्यक्रम राखेका छन् ।

त्यसैले अघिल्ला दिनको तुलनामा आज अलि बढी सुरक्षाकर्मीहरु परिचालित भएको देखिएको छ ।सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।