बुधबार २० चैत, २०८१

कुलमान हटाउने मन्त्रिपरिषद्को निर्णय अझै प्रमाणित भएन

कुलमान हटाउने मन्त्रिपरिषद्को निर्णय अझै प्रमाणित भएन

काठमाडौं, १२ चैत । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने तथा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय अझै प्रमाणित भएको छैन ।

मन्त्रिपरिषद्को निर्णय मुख्य सचिवले प्रमाणित गरेर मन्त्रालयमा पठाएपछि त्यो कार्यान्वयनमा जान्छ । तर, निर्णय प्रमाणित गर्न ढिलाइ भएकाले दुवैलाई पत्र दिन नसकिएको एक सरकारी अधिकृतले बताए ।