आइतबार १७ चैत, २०८१

बालुवाटारमा सत्तारुढ दलहरूको बैठक जारी

बालुवाटारमा सत्तारुढ दलहरूको बैठक जारी

काठमाडौं, १३ चैत । सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार समसामयिक राजनीतिको विषयमा छलफल गर्न लागिएको छ ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू सहभागी छन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू पनि सहभागी रहेका छन् ।