आइतबार १७ चैत, २०८१

भूमि अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सत्ता गठबन्धनको निर्णय

भूमि अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं। सत्ताधारी दलको बैठकले भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा सत्तापक्षको बैठक बसेको थियो। उक्त बैठकमा भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सहमति भएको एक नेताले जानकारी दिए।

सरकारले भूमिसहित ६ वटा अध्यादेश ल्याएकोमा अरू अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएका थिए। तर भूमि अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्णयार्थ पेस गरिएको थिएन।

राष्ट्रियसभामा निर्णायक रहेका जसपा नेपालले भूमि अध्यादेशको विपक्षमा उभिएपछि सरकार पछि हटेको हो।

वालुवाटारमा भएको सत्तापक्षको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू उपस्थित छन्।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू सहभागी छन् ।