आइतबार १७ चैत, २०८१

निफमा सुविना श्रेष्ठ निर्देशित ‘देवि’ ले जित्यो राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड

निफमा सुविना श्रेष्ठ निर्देशित ‘देवि’ ले जित्यो राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड

काठमाडौं । निर्देशक सुविना श्रेष्ठको डकुमेन्ट्री फिल्म ‘देवि’ले उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड पाएको छ । आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा डकुमेन्ट्री फिल्म ‘देवि’ उक्त अवार्ड पाएको हो ।

यो पुरस्कार नेपालको सशस्त्र द्वन्द्वबाट प्रभावित भएका नागरिकहरूको कथालाई पर्दामा उतारेको महत्वलाई मान्यता दिनको लागि दिएको हो। नेपालका नागरिक र फिल्म प्रेमीहरूले दिने यो सम्मानले वृत्तचित्रको प्रभाव र सन्देशको गहिराइलाई जनाउँछ।

निर्देशक श्रेष्ठले यस पुरस्कारलाई युद्धका पीडितहरूको आवाज र न्यायको लागि जारी संघर्षको जीतका रूपमा लिएकी छन्।

फिल्मको आगामी योजना अनुसार, अब यस वृत्तचित्रको सामान्य प्रदर्शन नेपालभरका सिनेमाघरहरूमा गरिनेछ। यसले युद्धको पीडितहरूको वास्तविक अनुभव र संघर्षलाई जनताको माझ पुर्याउने उद्देश्य राख्दछ। फिल्म क्रू नेपालले यसलाई ठूलो जिम्मेवारीको रूपमा लिएको छ र यो फिल्म देशभरिका दर्शकहरूको मन छुने अपेक्षा राखेको छ ।