आइतबार १७ चैत, २०८१

कुलमानबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको जवाफ माग

कुलमानबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको जवाफ माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको जवाफ माग भएको छ ।

दिउँसो सवा १ बजे बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध गरेका हुन् । त्यसपछि सभाध्यक्ष नारायण दाहालले माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी सार्कीलाई बोल्न समय दिए ।

उनले सरकारले पुरस्कृत गर्नुपर्ने घिसिङलाई दण्डित गरिएको भन्दै आपत्ति जनाए । अगाडि भने, ‘जबसम्म सम्माननीय प्रधानमन्त्रीले योा सदनमा आएर स्पष्टीकरण दिनुहुन्न तबसम्म सदन नचलाइयोस् ।’

प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ । यही अडान लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा पनि अवरोध गरेका छन् ।