प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित

काठमाडौं । विपक्षीहरुको अवरोधपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएकाे छ । बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक विपक्षी दलहरूले अवरोध गरेपछि दिउँसो ३ बजे सारिएको थियो ।
बैठकमा विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेका थिए । प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको माग रहेको छ ।
सत्तापक्षले ऊर्जामन्त्री दीपक खड्काले जवाफ दिने प्रस्ताव राखेको थियो । तर, विपक्षी दलहरूले प्रधानमन्त्रीकै जवाफ चाहिने अडान राखेका छन् ।