आइतबार १७ चैत, २०८१

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार ४ अर्ब २० करोड ४४ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। यस दिन हिमालयन रिइन्स्योरेन्स कम्पनीको मात्रै ४१ करोड ८६ लाख रुपैयाँबढीको शेयर कारोबार भएको हो।

त्यसैगरी नेपाल रिइन्स्योरेन्स कम्पनीको ३१ करोड ६३ लाख रुपैयाँ, गार्डियन माइक्रो लाइफको २२ करोड ९८ लाख रुपैयाँ, नारायणी विकास बैंकको ११ करोड ६२ लाख रुपैयाँ र यूनाइटेड मोदी हाइड्रोपावरको १० करोड ६६ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ।

त्यस्तै एनआरएन इन्फ्रान्सट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको १० करोड ४५ लाख रुपैयाँ, सीईडीबी होल्डिङ्सको ८ करोड ७८ लाख रुपैयाँ, घलेम्दी हाइड्रोको ८ करोड १३ लाख रुपैयाँ, सिन्धु विकास बैंकको ६ करोड १८ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ४ करोड ६० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।