तोलामा १३ सय रुपैयाँ बढ्यो सुन

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ ।
आज छापावाला सुन तोलामा १३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी तोलामा ३० रुपैयाँ बढेर प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भैरहेको छ ।