सोमबार १८ चैत, २०८१

संसदको अवरोध खुलाउने प्रयासमा सभामुख, प्रमुख सचेतकसँग छलफल

संसदको अवरोध खुलाउने प्रयासमा सभामुख, प्रमुख सचेतकसँग छलफल

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । प्रतिनिधिसभामा विपक्षी दलहरूले गरेको अवरोध खुलाउने विषयमा उनी प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका हुन् ।

सभामुख घिमिरे अहिले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफलमा रहेका उनको सचिवालयले जनाएको छ । 

सचिवालयले अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर विपक्षीले माग गरेबमोजिम जवाफ दिने सूचना नरहेको पनि जनाएको छ । 

प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिनुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै बुधबारको बैठक अवरुद्ध गरेका थिए । 

बैठक सुचारु हुन नसकेपछि सभामुख घिमिरेले बिहीबार बिहान ११ बजेका लागि संसद् बैठक बोलाएका थिए ।