राजावादी आन्दोलनको कमाण्डर बने दुर्गा प्रसाईं

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलनको कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको छ ।
पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई कमाण्डर तोकिएको जानकारी दिए । उनले डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको पनि बताए ।
प्रसाईंकै नेतृत्वमा भोलि काठमाडौंमा प्रदर्शन हुँदैछ । राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तिनकुनेको स्थान छुट्याएको छ ।
भोलि नै गणतन्त्र पक्षधरहरूले भृकुटीमण्डपमा प्रदर्शन गर्दैछन् ।