बुधबार २० चैत, २०८१

नापी कार्यालयको डिजिटल बोर्डमा ‘आई लभ यु प्रमिला’

नापी कार्यालयको डिजिटल बोर्डमा ‘आई लभ यु प्रमिला’

काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको डिजिटल बोर्ड ह्याक भएको छ । ह्याकरले डिजिटल बोर्डमा नापी कार्यालयको नाम हटाएर अर्कै ‘आई पभ यु प्रमिला’ डिस्प्ले गरेको हो ।

नगरपालिकाका मेयर रबि केसीले डिजिटल बोर्डबाट ह्याकरले नापी कार्यालयको नाम हटाएर अर्कै डिस्प्ले गरेको जानकारी दिए । उनका अनुसार यसबारेमा अनुसन्धान भइरहेको बताए ।

केही दिनअघि चितवनको भरतपुरस्थित विद्युत प्राधिकरण कार्यालयको बोर्ड पनि ह्याक भएको थियो । उक्त बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारा देखिएको थियो । पछिल्लो समय सरकारी कार्यालयको साइन बोर्ड ह्याक हुने प्रवृति बढेको छ ।