शनिबार ३० चैत, २०८१

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सविनको पोस्टमार्टम हुँदै

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सविनको पोस्टमार्टम हुँदै

काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको पोस्टमार्टम प्रक्रिया अगाडी बढेको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको फोरिन्सक विभागका अनुसार महर्जनको पोस्टमार्टम केही बेरमा सुरु हुने बुझिएको हो।

फोरिन्सक विभाग स्रोतका अनुसार ‘महर्जनको पोस्टमार्टम केही बेरमै सुरु गर्न लागेको र  साँझसम्ममा पोस्टमार्टम रिर्पोटसहित परिवारलाई शव जिम्मा तयारी रहेको छ । 

रिर्पोटिङको क्रममा आगोलले जलेर मृत्यु भएका फोटा पत्रकार सुरेश रजक भने पोस्टमार्टम गर्न केही दिन लाग्ने छ । स्रोतका अनुसार अस्पतालमा एक्सरे मेसिन उपकरण बिग्रिएको कारणले रजतको पोस्टमार्टम गर्न ढिलाइ भएको हो ।