सुनको मूल्यले बनायो नयाँ रकर्ड, तोलाको एक लाख ८० हजार नाघ्यो
_qZl6zUnHQi_lq3iixnmulxohwhqw09cq1eoohiew8njoeuewrypeqze9viyxytwhbyewgdn_qU663tWjOs_tjodaewugikpfqqowmmur9faaobgclrvo2jneqfpi7zx9vpfbiy2dwa3lk3d.png)
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।
बुधबार एक तोला सुनको मूल्य १ लाख ७९ हजार १०० रुपैयाँ पुगेको थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य घटेर आज तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।