बालेनको सचिवालय भन्छ- १५ गतेको दमनलाई विषयान्तर गर्न सरकारले दम्भ देखायो

काठमाडौं । कर्मचारीको जोडबलमा १०३ दिनपछि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भएका छन् । बिहीबार गुरागाईंले कर्मचारी र नगर प्रहरीबीचको तनाव झेल्दै कार्यकक्षमा पुगेर हाजिर गरेका हुन् ।
यसैबीच, मेयर बालेन शाहले गुरागराईंलाई रोक्न खोजेका थिए । यद्यपि मेयर सचिवालयको उक्त प्रयास सफल हुन सकेन । मेयर शाहको सचिवालयले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको दमनलाई विषयान्तर गर्नका लागि सरकारकै ठाडो निर्देशनमा यस्तो कार्य भएको बताएको छ ।
‘अनुसन्धानको दायरामा भएको, महानगरले स्पष्ट रुपमा गल्ती देखाइसकेको व्यक्तिलाई कार्यालय प्रवेश गराउने जुन नाटकमञ्चन गरिएको छ,’ मेयर शाहका प्रमुख स्वकिय सचिव भूपदेव शाहले अनलाइनखबरसँग भने, ‘सरकारले दम्भ देखायो । ठाडो आदेशमा १५ गते जुन राज्यले दमन गरेको छ, त्यसको विषयान्तर गर्नका लागि हो ।’
प्रमुख प्रशासकीय अधिकृत गुरागाईं भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको खण्डमा बिहीबार विरोधमा उत्रिएका जनप्रतिनिधि र कर्मचारी पनि जेल जान तयार हुनुपर्ने मेयर शाहको सचिवालयले बताएको छ ।

१०३ दिनपछि तनाव झेल्दै काठमाडौंका प्रमुख प्रशासकीय अधिकृतले गरे हाजिर
‘भ्रष्टाचारको संदिग्न व्यक्तिलाई जसरी कार्यालयमा हाजिर गराउनुभयो । भोलि उहाँ दोषी देखिए भने उहाँहरू सबैजना जेल जान तयार हुनुपर्छ,’ भूपदेवले भने ।
गुरागाईं कार्यालय पुग्दा केहीबेर तनाव भएको थियो । मेयर बालेन शाहको निर्देशनमा महानगरको टोलीले उनलाई कार्यालय प्रवेश गर्न रोक लगाउने प्रयास गरेका थिए ।
गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास समेत गरेका थिए ।
बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै र्काकक्षसम्म पुर्याए ।
उनलाई गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन थियो । यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका हुन् ।
यसैबीच उपमेयर सुनिता डंगोलले कोठाभित्र बसेर निर्देशन नगर्न आग्रह गर्दै समस्या समाधानमा लाग्न मेयर शाहलाई आग्रह गरेकी छिन् ।