बिहीबार २८ चैत, २०८१

सामूहिक फोटोसेसनसँगै बिम्स्टेक शिखर सम्मेलन सुरु

सामूहिक फोटोसेसनसँगै बिम्स्टेक शिखर सम्मेलन सुरु

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलन थाइल्यान्डमा सुरु भएको छ ।

बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरूको सामुहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो ।

सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरूलाई आयोजक राष्ट्र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले स्वागत गरेकी थिइन् । सम्मेलनमा आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य मुलुकहरू थाइल्यान्ड, बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरूले सम्बोधन गर्नेछन् । आजै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले भेटवार्ता गर्ने कार्यक्रम छ ।