आइतबार ३१ चैत, २०८१

असहज अवस्थामा पन्छिने नयाँ दलको प्रवृत्ति छ : डा.प्रकाशशरण महत

असहज अवस्थामा पन्छिने नयाँ दलको प्रवृत्ति छ : डा.प्रकाशशरण महत

काठमाडौँ– नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ दलप्रति लक्षित गर्दै असहज हुँदा पन्छिने पार्टी भएको बताएका छन्। आज (शुक्रबार) काठमाडौँमा नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

यस्तै असहज अवस्थामा पन्छिने प्रवृत्ति रहेको बताउँदै डा. महतले नयाँ राजनीतिक दलहरूबाट अधिकारको रक्षा हुन नसक्ने बताए।

महतले कमी, कमजोरीप्रति नागरिकले खबरदारी गर्ने र जनताको खबरदारीलाई नसुने पराजित हुनुपर्ने बताए । सत्तामा रहे वा नरहे पनि काँग्रेस सहीलाई सही र गलतलाई गलत भन्ने दल भएको दाबी गरेका छन्।

‘काँग्रेसले जायज कुरालाई जायज भन्छ, सत्ता बाहिर भए पनि र सत्ताभित्र भए पनि। बोल्नुपर्ने कुरामा बोल्छ,’ महतले भने, ‘काँग्रेसको अनुभव, प्रतिबद्धता जुन छ, अप्ठ्यारो जस्तो अवस्थामा पनि अडिग रहन्छ। अफ्ठयारो पर्दा कहाँ हो कहाँ र सहज भए अघि आउने पार्टीहरूले अधिकारको रक्षा गर्न सक्दैनन्।