बिहीबार २८ चैत, २०८१

काठमाडौं फोटोग्राफर संघको क्यालेन्डर विमोचन

काठमाडौं फोटोग्राफर संघको क्यालेन्डर विमोचन

काठमाडौं । काठमाडौं फोटोग्राफर संघले नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना आदान–प्रदान, चियापान तथा केपीए क्यालेन्डर-२०८२ को विमोचन गरेको छ ।

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस)को उपस्थितिमा नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा कार्यक्रम सम्पन्न भएको हो ।

कट्टेलले फोटोग्राफरहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै, कला र सिर्जनात्मकताको माध्यमबाट समाजलाई सकारात्मक दिशामा अघि बढाउन सकिने बताए ।

काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष हरिप्रसाद घिमिरेले क्यालेन्डरको विमोचन गर्दै आगामी दिनमा संघले अझ बढी प्रविधिमैत्री बन्दै सिर्जनशील फोटोग्राफरहरूको सशक्तीकरणका लागि काम गर्ने बताए ।

संघका सल्लाहकार मञ्जुकुमार श्रेष्ठ, सल्लाहकार रत्नमान आँसु, संघका पूर्वअध्यक्ष बालकृष्ण श्रेष्ठ, एनएफपीजे का अध्यक्ष प्रदीप राज वन्त, ओम यादव, तथा वरिष्ठ फोटोग्राफर योगेन्द्रजंग बस्नेतले फोटोग्राफी क्षेत्रको योगदान, चुनौती र भावी सम्भावनाका विषयमा बोलेका थिए ।

काठमाडौं फोटोग्राफर संघले विमोचन गरेको क्यालेन्डरमा संघकै सदस्यहरुले खिचेका विभिन्न तस्वीरहरू पनि राखिएको छ ।