बुधबार ०३ बैशाख, २०८२

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा  पाँच हजार सात सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु एक लाख ७५ हजार ४०० मा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला  एक लाख ८१ हजार एक सय रूपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । 

साथै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला  एक हजार ८ सय ३५ रहेको चाँदीको मूल्य आज प्रतितोला  एक हजार नौ सय  पुगेको छ ।