बुधबार २४ मंसिर, २०८२

पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस

पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस

काठमाडौं । भूकम्पको धक्का महसुस गरिएको छ । गण्डकी प्रदेशको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको सिनुवा आसपास क्षेत्रमा ४.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसूस भएको हो ।

भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

यसअघि सोलुखुम्बुको छेस्काम केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

यस्तै, १४ वैशाखमा डोल्पाको कान्जिरोवा केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूड, १२ वैशाखमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.१ म्यग्निच्यूड र ११ वैशाखमा पनि ४.२ म्याग्निच्यूडको भूकम्प रुकुम पूर्वमा भूकम्प गएको थियो।