राप्रपा सांसद कार्कीको प्रश्न- कांग्रेस सांसदहरू गभर्नर कि प्रधानमन्त्री खोज्न जानुभयो ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले नेपाली कांग्रेसका सांसदहरूको उपस्थिति संसद्मा कम रहेको भन्दै आपत्ति जनाएकी छिन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले कांग्रेस सांसदहरू संसद्मा कम रहेको बताए । उनले कांग्रेस सांसदहरू आज गभर्नर खोज्न हो कि प्रधानमन्त्री खोज्न गएको भन्दै प्रश्न गरिन् ।
ठूलो पार्टी भइसकेपछि संसद्मा पनि ठूलै उपस्थिति हुनु जरुरी रहेको उनको भनाइ छ ।
‘आज त नेपाली कांग्रेसका माननीयज्युहरू त सात, आठ जनादेखि बढ्ता त देखिँदैन नि । उहाँहरू कता जानुभयो ? गभर्नर खोज्न जानुभयो की प्रधानमन्त्री खोज्न जानुभयो ? तपाईंहरू एकदमै कम संख्यामा हुनुहुन्छ, ठूलो पार्टी भएको भएर मलाई त शंका लागेको छ,’ उनले भनिन् ।
