मनमैजुको होटलमा एक पुरुषको शव भेटियो
काठमाडौं । तारकेश्वर नगरपालिका–११ मनमैजुका एक होटलमा पुरुषको शव भेटिएको छ ।
मनमैजुस्थित आनन्द टोलस्थित राप्ती फेन्सी होटलमा एक पुरुषको शव भेटिएको हो । होटलको २०२ नम्बर कोठामा ३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
मृत भेटिएका व्यक्ति नुवाकोटको लिखु गाउँपालिका–५ घर भएका सम्पूर्ण गौतम रहेको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
