सोमबार २२ मंसिर, २०८२

हात्तीको आक्रमणबाट मृत्यु

हात्तीको आक्रमणबाट मृत्यु

भद्रपुर (झापा), १९ असार । बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई आक्रमणमा परेका हुन् ।

गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको हो । रासस