पार्टी संस्थागत निर्णय नमान्ने नेताहरू नोटिसमा छन्, विचार गरिन्छ : भानुभक्त ढकाल
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेतृत्वको विरोध नगरी नेता भइन्न भन्ने मानसिकता त्याग्न निर्देशन दिएका छन् ।
जनसंगठनहरूका पदाधिकारी भेला राखेर ढकालले संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको जानकारी पनि दिए ।
‘पार्टीका नीति, विधिमाथि तलबितल गरियो भने मात्र नेता होइन्छ भन्ने सोचाइ त्याग्नुस्,’ ढकालको निर्देशन छ, ‘पार्टीको संस्थागत निर्णय नमान्दा हुन्छ भन्ने मानसिकता केही संगठनका पदाधिकारीमा देखिन्छ । यस्तो प्रवृत्ति पार्टीको नोटिसमा छ ।’
पार्टीको महाधिवेशनबाट पारित भएको विधानबारे टिप्पणी नगर्न ढकालको चेतावनी थियो ।
‘कसरी नेतृत्वलाई अप्ठ्यारो पार्न सकिन्छ भनेर बोल्ने नेताहरूबारे विचार गरिन्छ, नोटिस गरिएको छ,’ ढकालले भने ।
