बुधबार २४ मंसिर, २०८२

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पारित

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पारित

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३ औँ वार्षिक प्रतिवेदन पारित गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले २३ औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले प्रतिवेदन पारित गरिएको समिति सभापति ऋषिकेश पोखरेलले बताए ।

उनका अनुसार प्रतिवेदनमा बेरुजु फछ्र्यौटका कामहरू तथा समितिले समसामयिक विषयहरूमा गरेका निर्णयहरू प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समितिको २३औँ वार्षिक प्रतिवेदन यही असार ३१ गते सदनमा पेस गर्ने समितिको तयारी छ ।