सोमबार २२ मंसिर, २०८२

एकीकृत समाजवादीको बैठक २० दिनपछि सारियो

एकीकृत समाजवादीको बैठक २० दिनपछि सारियो

काठमाण्डौँ, २५ साउन । एकीकृत समाजवादीको केन्द्रीय कार्य समिति बैठक भदौ पहिलो साताका लागि तय भएकोमा २० दिनपछि सारिएको छ ।

महासचिव घनश्याम भूसालले शनिबार दिउँसो एक सूचना जारी ४ भदौमा स्थायी कमिटी, ५ भदौमा पोलिटब्यूरो र ७–८ भदौमा केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिनु भएको थियो ।

तर राति अर्को सूचना जारी गरिएको छ । जारी सूचना अनुसार २७–२८ भदौमा केन्द्रीय कार्य समिति बैठक बस्नेछ ।

त्यसअघि २५ गते स्थायी कमिटी र २६ भदौ पोलिट्ब्यूरो बैठक बस्ने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताउनु भएको छ  ।