सोमबार २२ मंसिर, २०८२

तोलामा ८ सय बढ्यो सुन

तोलामा ८ सय बढ्यो सुन

काठमाडौं । सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३१० रुपैयाँ रहेको चाँदी आज २३१५ रुपैयाँ कायम भएको छ । चाँदीको भाउ प्रतितोला २३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।