मंगलबार ०१ पुस, २०८२

उपसभामुख हटाउने बारे कांग्रेस-एमालेले केही भनेका छैनन् : नाउपा

उपसभामुख हटाउने बारे कांग्रेस-एमालेले केही भनेका छैनन् : नाउपा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनमा रहेका दुई ठूला दलले उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे आफूहरूसँग छलफल नगरेको बताएको छ ।

‘कांग्रेस र एमालेले केही भनेका छैनन् । उपसभामुख हटाउनेबारे हो वा होइन त्यो पनि बुझेको छैन,’ नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले भनिन् ।

प्रतिनिधि सभामा नाउपाको ४ सिट रहेको छ । उपसभामुखलाई हटाउन दुई तिहाइ मत आवशयक पर्छ ।

कांग्रेसको ८८ र एमालेको ७९ जोड्दा १६७ हुन्छ ।

सत्तापक्ष नै रहेका साना दलले साथ दिने वा नदिने प्रष्ट तय भएको छैन । यही बेला नाउपाले उपसभामुख हटाउने सत्तापक्षको प्रयास बारे छलफल नै हुन बाँकी रहेको बताएकी हुन् ।

प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टीले पनि उपसभामुखबारे छलफल नै नभएको बताएको छ ।