मंगलबार ०१ पुस, २०८२

३१ म्युचुअल फन्डले घोषणा गरे लाभांश, २१ प्रतिशतसम्म प्रतिफल

३१ म्युचुअल फन्डले घोषणा गरे लाभांश, २१ प्रतिशतसम्म प्रतिफल

काठमाडौं । म्युचुअल फन्डले यतिबेला इकाइधनीलाई लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म ३१ योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् ।

हाल अंकित मूल्यकै हाराहारीमा म्युचुअल फन्डका योजना किनेर २१ प्रतिशतसम्म प्रतिफल पाउने अवसर आएको छ ।

५ वटा योजनाले २० प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेका छन् । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ २, सिद्धार्थ इक्वीटी फन्ड, सानिमा लार्ज क्याप, आरबीबी म्युचुअल फन्ड १ र लक्ष्मी उन्नति कोषले २० प्रतिशत बढी लाभांश घोषणा गरेका छन् ।

कतिपयको बुक क्लोज भई मूल्य समायोजन समेत भइसकेको छ । मूल्य समायोजन भइसकेका फन्ड किन्दा लाभांश पाइँदैन ।म्युचुअल फन्डको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ हो । सोही १० का आधारमा इकाइधनीले लाभांश पाउँछन् । कुनै योजनाले २० प्रतिशत लाभांश घोषणा गरेको छ भने उसले दिने लाभांश प्रतिइकाइ २ रुपैयाँ हुन्छ ।

२० प्रतिशत बढी लाभांश पाइने म्युचुअल फन्डको बजार मूल्य ११.२३ रुपैयाँदेखि ११.४५ रुपैयाँसम्म छ । लक्ष्मी उन्नति कोषको मूल्य समायोजन भइसकेको छ।