बुधबार २४ मंसिर, २०८२

काठमाडौंमा बसभित्रै लुटियो सिक्री

काठमाडौंमा बसभित्रै लुटियो सिक्री

काठमाडौं । चक्रपथ चल्ने महानगर यातायातको बसभित्रै एक महिलाले लगाएको सिक्री लुटिएको छ ।

चाबहिलस्थित ओम अस्पताल अगाडिबाट महानगर यातायातको बस चढेकी महिला माछापोखरी पुग्दा सिक्री लुटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।

२० वर्षकी महिला र उनका बाबु सँगै बस चढेका ४/५ जनाको समूहले आधा तोलाका सिक्री लुटेको पाइएको छ ।

लुटपाट गर्ने व्यक्तिको हुलिया पहिचान भएको प्रहरीले बताए पनि उनीहरू पक्राउ परेका छैनन् ।

बसभित्रै लुटिएको जानकारी पाएपछि प्रहरी वृत्त बालाजुबाट १० जना र सादा पोशाकको टिम सेफ्टी पिन टोली समेत घटनास्थलमा खटिएको बताइएको छ ।