सोमबार २२ मंसिर, २०८२

सभामुखलाई जानकारी गराएर अमेरिका गएकी थिइन् उपसभामुख

सभामुखलाई जानकारी गराएर अमेरिका गएकी थिइन् उपसभामुख

काठमाडौं । बिना जानकारी अमेरिका गएको भनेर संसदमै प्रश्न उठेपछि उपसभामुख इन्दिरा राना मगरको सचिवालयले सभामुखलाई जानकारी गराएर गएको बताएको छ ।

अमेरिका जानु अगाडि सभामुखसँग भेट भएको र औपचारिक रुपमा जानकारी पत्र समेत दिइएको भनेर उक्त पत्र सार्वजनिक गरेको छ । साउन २१ गतेको उक्त पत्रमा साउन ३० गते अमेरिका गएर भदौ १३ गते फर्किने उल्लेख छ ।