मंगलबार ०१ पुस, २०८२

रेडक्रसको तदर्थ समिति विघटन माग्दै सर्वोच्चमा रिट

रेडक्रसको तदर्थ समिति विघटन माग्दै सर्वोच्चमा रिट

काठमाडौं। विनोदकुमार शर्माको नेतृत्वमा रहेको नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति विघटनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

रेडक्रसको अन्तराष्ट्रिय निकाय आइएफआरसीले निलम्बन गरेको समितिका अध्यक्ष डा.सुदर्शन नेपालपक्षले वर्तमान समिति गैरकानूनी भएको जिकिर रिट दायर गरेको हो । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा आज सुनुवाइ भइरहेको छ ।

नेपाली कांग्रेस र एमाले वीचमा भागवण्डा गरेर वर्तमान सरकारले ९ सदस्यीय तदर्थ समिति बनाएको थियो । त्यसविरुद्ध अघिल्लो समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्, तदर्थ समितिका पदाधिकारीलगायतलाई प्रतिवादी बनाएर रिट दायर गरेका हुन् ।

वर्तमान तदर्थ समितिलाई विधान संशोधन गर्न र ३ महिनाभित्र चुनाव गर्न सरकारले कार्यादेश दिएको थियो । डा. नेत्र तिम्सिनाको कार्यकालदेखि नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिमा चल्दै आएको छ ।