बुधबार ०२ पुस, २०८२

भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुँदै

भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुँदै

काठमाडौं । यही शुक्रबारदेखि भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ ।

मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स तथा एक्जीबीसन एन्ड ट्रेड सर्भिसेस इन्डियाको संयुक्त आयोजनामा भदौ १३, १४ र १५ गतेसम्म भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एन्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण आयोजना हुन गइरहेकोे हो ।

प्रदर्शनीमा सहयोगी संस्थाको भुमिकामा नेपाल विद्युत प्राधिकरण तथा नेपाल सौर्य विद्युत उत्पादक संघ छन् । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १०० भन्दा बढी स्टल रहने छन् । प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस्, हाउस वायरिङ्गका सामाग्री, तार, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चार्जिङ स्टेसन, ब्याट्री, कार्यालयमा प्रयोग हुने विद्युतीय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहनेछ ।

आयोजकका अनुसार, विभिन्न विद्युतीय माध्यमहरुको प्रयोगमा वृद्धि गरी मुलुकमा बढ्दो जल विद्युतको उत्पादनको खपतमा वृद्धि गर्दै देशलाई आर्थिक रुपमा सबलीकरण गर्ने एवं ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना हुन लागेको हो ।

विद्युतीय उपकरणहरुलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने, विद्युत तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीअन्तर्गत दशैंको अवसर पारेर ग्राहकहरुले विभिन्न कम्पनीका विद्युतीय सामग्री एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाउने हुँदा ग्राहकले लाभ उठाउन सक्ने जनाइएको छ ।