शनिबार २७ मंसिर, २०८२

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो । खापुङ पहिलो वरीयताका एआईजी थिए ।

हालका आईजीपी दिपक थापाले १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् । १९ गतेदेखि लागू हुने गरी खापुङलाई महानिरीक्षक नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए ।

खापुङ नेपाल प्रहरीको ३२औं आईजीपी भएका हुन् ।