कीर्तिमानी नेपाल भन्दै रामहरिको कटाक्ष : सार्वजनिक बिदा दिने विश्वकै पहिलो भएको दावी
काठमाडौं । प्रतिनिधि सभाका बैठकमा सांसदका कुरा चोटिला, रमाइला र चित्तबुझ्दा पनि हुन्छन् । त्यसमा जनजीविकासँग जोडिएका प्रसंग कम भए पनि नागरिकलाई फरक कोणबाट हेरिनुपर्ने विषय भने जरुर उठ्छन् ।
सरकारले गर्ने कामको फेहरिस्ता बनाएर दिन आनाकानी गर्ने सांसदले कमिकमजोरीलाई भने खिसिट्यूरी शैली मै भए पनि मज्जाले व्यक्त गर्छन् । यस्तै गरि शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सार्वजनिक बिदा दिनेमा नेपाल संसारमै पहिलो देश भएको भएको भनेर सरकारलाई कटाक्ष गरेका छन् ।
शून्य समयमा बोल्दै उनले सार्वजनिक बिदा कम गर्न पनि सरकारलाई आग्रह गरेका छन् । उनले व्यंग्य गर्दै भने, ‘आज एउटा खुसीको कुरा पनि भएको छ सभामुख महोदय । नेपाल सार्वजनिक बिदा दिनेमा संसारमै पहिलो नम्बरमा परेछ।’
उनका अनुसार संसारमा रहेका देशहरूमध्ये सबैभन्दा धेरै सार्वजनिक बिदा दिने दोस्रो देश इरान हो।
तेस्रोमा म्यानमार, चौथोमा श्रीलंका, पाचौंमा बंगलादेश, छैठौंमा कम्बोडिया, सातौंमा भारत, आठौंमा चिली, नवौंमा म्यानमार रहेको उनले बताए।
यसपछाडि मलेसिया हुँदै इस्ट इमोर १५ औं नम्बरमा रहेको बताए ।
