बिहीबार २५ मंसिर, २०८२

जसपा नेपालको कार्यालयमा शिक्षक महासंघको धर्ना

जसपा नेपालको कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि असन्तुष्टि राख्दै आएको शिक्षक महासंघले आज जनता समाजवादी पार्टी, नेपालको कार्यालयमा धर्ना दिएका छन् ।

काठमाडौंको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा पुगेर उनीहरूले धर्ना दिएका हुन् ।

बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म २ घण्टा उनीहरूल् सो कार्यालयमा पुगेर धर्ना बस्ने र ध्यानाकर्षण बुझाउने काम गरेका हुन् ।

यसअघि महासंघले सत्तारुढ दल नेकपा एमाले, नेपाली कांग्रेस, प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको कार्यालयमा पनि पुगेर धर्ना दिइसकेको छ ।