सोमबार २२ मंसिर, २०८२

चिनियाँ दाबी : ‘एससीओ सम्मेलन विश्वव्यापी सहयोगमा नयाँ युगको शुरूआत’

चिनियाँ दाबी : ‘एससीओ सम्मेलन विश्वव्यापी सहयोगमा नयाँ युगको शुरूआत’

काठमाडौंँ । चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सीजीटीएन)का प्रसिद्ध भूराजनीतिक विश्लेषक एवं टिप्पणीकार मलिक अयुब सुम्बलले सांघाइ सहयोग संगठन शिखर सम्मेलनले विश्वव्यापी सहयोगको नयाँ युगको सुरुवात गर्ने दाबी गरेका छन् । 

शिखर सम्मेलन संगठनको इतिहासमा सबैभन्दा ठूलो हुने बताएका उनले समूहको बढ्दो प्रभाव र अन्तर्राष्ट्रिय पहुँचलाई प्रतिबिम्बित गर्ने पनि बताए । सम्मेलनको बारेमा टिप्पणी गर्दै उनले सन् २००१ मा स्थापना भएदेखि चीनले सम्मेलनको अध्यक्षता ग्रहण गरेको यो पाँचौं पटक पनि बताए । 

‘सांघाई सहयोग संगठन (एससीओ) एक व्यापक बहुपक्षीय संगठन हो । चीन र यसका सदस्य राष्ट्रबीचको व्यापार अहिले ५१२ बिलियन अमेरिकी डलर नाघेको छ, जसले लगभग तीन प्रतिशत वार्षिक वृद्धि दरलाई प्रतिबिम्बित गर्दछ । यस्तो आर्थिक गतिले एससीओ राष्ट्रसँग चीनको गहिरो सम्बन्ध र युरेशियाभरि बलियो व्यापार सञ्जालको प्रवद्र्धनलाई जोड दिन्छ,’उनले भने । 

एससीओको स्तरलाई प्रकाश पार्दै सुम्बलले भने, ‘यो विश्वको सबैभन्दा ठूलो क्षेत्रीय संगठन हो, जसले विश्व जनसंख्याको ४२ प्रतिशत र युरेसियाको जनसंख्याको ६५ प्रतिशत प्रतिनिधित्व गर्दछ। आर्थिक रूपमा, यसले विश्वव्यापी जीडीपीमा लगभग २३ प्रतिशत योगदान पुर्‍याउँछ । जसले विश्वव्यापी मञ्चमा एक प्रमुख हिस्सेदार बनाउँछ ।’

उनले एससीओको भूमिका सुरक्षाभन्दा धेरै पर रहेकाले व्यापार, ऊर्जा, प्रविधि र सांस्कृतिक आदानप्रदानमा सहयोग गरिरहेको औंल्याए । सुम्बलले सदस्य राष्ट्रको प्राकृतिक स्रोत सम्पत्ति महत्वपूर्ण भएको भन्दै विश्वको प्राकृतिक ग्यास भण्डारको अनुमानित २०-२५ प्रतिशत ओगटेको बताए ।

हालको शिखर सम्मेलनको महत्वलाई जोड दिँदै भने, ‘शिखर सम्मेलनमा अभूतपूर्व सहभागिता देखिँदैछ । मध्य पूर्व र ग्लोबल साउथका देशहरूको चासोले एससीओ नयाँ साझेदारी, लगानीका अवसर र भूराजनीतिक संलग्नताको लागि आकर्षक केन्द्र बन्दै गएको देखाउँछ ।’

चीनक राष्ट्रपतित्वलाई नवप्रवर्तन संचालित विकासलाई अगाडि बढाउने अवसरको रुपमा रहेको बताउँदै उनले भने, ‘चीनले हरित ऊर्जा र कृत्रिम बुद्धिमत्तामा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ, आर्थिक परिदृश्यलाई फराकिलो बनाउँदै संस्थागत लचिलोपनलाई सुदृढ पार्नेछ ।’ एजेन्सी