गोंगबुमा भेटियो ४ करोड, एक जना पक्राउ
काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापामारेको छ । ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेको हो ।
उक्त घरबाट ४ करोड नगद र सुन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विनोद श्रेष्ठ गरेका व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
