बिहीबार २५ मंसिर, २०८२

ज्ञवाली र पाण्डेको फरक मतबारे सचिवालय बैठकमा छलफल हुने

ज्ञवाली र पाण्डेको फरक मतबारे सचिवालय बैठकमा छलफल हुने

काठमाडौं, १८ भदौ ।  एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउन नहुने र उनको सदस्यता कायम नहुने पार्टी निर्णयमाथि नेताहरूले राखेको फरक मतबारे बिहीबार बस्ने सचिवालय बैठकमा छलफल हुने जानकारी गराएका छन ।

आज (बुधबार) एमाले मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासामा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘नेताहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्कनु हुँदैन र सदस्यता नवीकरण भएको छैन भन्ने निर्णयमा फरक मत राख्नुभएको छ’, महासचिव पोखरेलले भने, ‘त्यो दस्ताबेजमाथिको फरक मत होइन केन्द्रीय कमिटीको निर्णय माथिको हो,त्यसैले भोलि बस्ने सचिवालय बैठकमा त्यसबारे छलफल हुन्छ ।’

उनले ती नेताहरूले विचारमा नभई निर्णय मात्र फरक मत राखेको दाबी पनि गरे । निर्णय र दस्ताबेजमाथिको फरक मतमा भिन्नता हुने भन्दै फरक मतमाथिको छलफल गर्ने आफ्नै विधि रहेको महासचिव पोखरेलले बताए ।