सामाजिक सञ्जाल बन्द गर्ने कामलाई अधिनायकवादको सङ्केत : डा. स्वर्णिम वाग्ले
काठमाडौं । रास्वपा उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले सामाजिक सञ्जाल बन्द गर्ने कामलाई अधिनायकवादको सङ्केत भएको बताएका छन् ।
उनले रामेछापको मन्थलीमा आयोजित एक कार्यक्रममा भने, 'आजको डिजिटल युगमा सूचना प्रवाहलाई जबरजस्ती रोक्न खोज्नु सूर्यलाई हत्केलाले छेक्ने प्रयास जस्तै हो ।'
उनले जनताको दबाब र विरोधकै कारण सरकारले सरकारको निर्णय कार्यान्वयन गर्न नसक्ने दाबी समेत गरे ।
