बिहीबार २५ मंसिर, २०८२

पशुपति आइरन एण्ड स्टीलको नाफा २ अर्ब ३६ करोड, आम्दानी बढेपनि नाफा स्थिर

पशुपति आइरन एण्ड स्टीलको नाफा २ अर्ब ३६ करोड, आम्दानी बढेपनि नाफा स्थिर

काठमाडौं । देशकै प्रमुख इस्पात उत्पादक कम्पनी पशुपति आइरन एण्ड स्टील प्रा.लि.को आम्दानीमा सुधार देखिए पनि नाफा भने स्थिर अवस्थामै रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार, कम्पनीको सञ्चालन आम्दानी चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा करिब १३ प्रतिशतले वृद्धि भई २ अर्ब ३६ करोड रुपैयाँ पुगेको हो।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को २ अर्ब ७८ करोड रुपैयाँ सँग तुलना गर्दा आम्दानीमा सुधार भए पनि सञ्चालन नाफा मार्जिन भने कमजोर नै देखिएको छ। चालु वर्षको पहिलो नौ महिनामा कम्पनीको नाफा मार्जिन ३.३ प्रतिशत मात्र रहेको छ, जुन अघिल्लो वर्ष पनि उस्तै थियो। यो दर २०७७/७८ मा ७.२ प्रतिशत थियो, तर त्यसयता लगातार घट्दो क्रममा छ।

विशेषगरी उच्च कार्यशील पूँजी आवश्यकताले, बैंकिङ ऋणमा बढ्दो निर्भरता र खण्डित इस्पात उद्योगमा देखिएको तीव्र प्रतिस्पर्धाले नाफामा दबाब बढाएको उद्योग विश्लेषकहरूले बताएका छन्। प्रतिवेदनअनुसार, कम्पनीको ऋण/सञ्चालन नाफा अनुपात २०७९ मा ३.९ गुणा रहँदा २०८० मा ९.५ गुणा पुगेको थियो भने २०८१ को चैतमा झनै बढेर १७.६ गुणा पुगेको छ।