बुधबार २४ मंसिर, २०८२

एमालेले सांसदसँग लिने लेबी ७ प्रदेशमा ७ थरी

एमालेले सांसदसँग लिने लेबी ७ प्रदेशमा ७ थरी

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित प्रदेश सांसदहरूसँग पार्टीले लिने लेबीमा एकरुपता नरहेको पाइएको छ ।

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत लेखा आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार अहिले विभिन्न प्रदेशहरूमा प्रदेश सांसदबाट लिइने लेबीको रकम फरक-फरक छ ।

कोशीमा मासिक ८ हजार र त्यस मध्येबाट जिल्लालाई २ हजार छुट्याउने गरिएको छ । मधेश प्रदेशमा मासिक १० हजार र बागमती प्रदेशमा सांसदहरूसँग मासिक ७ हजार लेबी पार्टीले लिने गरेको छ ।

लुम्बिनी प्रदेशमा मासिक ७ हजार लिने गरिएको छ । यसमध्ये प्रदेशले ६ हजार र संसदीय दलले १ हजार राख्छ ।

कर्णालीमा पारिश्रमिकको १० प्रतिशत, सुदूरपश्चिममा मासिक ८ हजार ५९९ लेबी लिने व्यवस्था छ ।

प्रतिवेदनले सातवटै प्रदेशका सांसदसँग लेबीका रुपमा लिने रकमलाई एकरूपतामा ढाल्न उपयुक्त हुने भनिएको छ ।