शपथलगत्तै कुलमान पुगे मृतकका आफन्त भेट्न त्रिवि शिक्षण अस्पताल
काठमाडौं। नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ शपथग्रहण लगत्तै शिक्षण अस्पताल पुगेका छन् ।
उनी राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहण लगत्तै मृतकका आफन्त र घाइते भेट्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन् ।
जेन-जी आन्दोलनका घाइतेलाई भेटेर मात्रै मन्त्रालयमा पदभार ग्रहणका लागि जाने उनको तयारी छ ।
