बुधबार २४ मंसिर, २०८२

जेनजी आन्दोलन : राजधानीमा कति जले सरकारी गाडी ?

जेनजी आन्दोलन :  राजधानीमा कति जले  सरकारी गाडी ?

काठमाडौं । जेनजी आन्दोलनका कारण सिंहदरवार र आसपासका सरकारी निकायममा ठुलो संख्या सवारी साधान जलेर नष्ट भएका छन् ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले प्रधानमन्त्री तथामन्त्रिपरिषदको कार्यालय, विभिन्न मन्त्रालय र सरकारी निकायका १ हजार ४२ वटा सवारी साधान जलाएका छन् । साना गाडी र बसदेखि लिएर मोटरसाइकल र स्कुटरसम्म जलेका थिए । सम्वन्धि निकायको प्रारम्भिक तथ्याङ्कले यस्तो देखाएको हो ।

तथ्याङ्क अनुसार ४४१ वटा साना गाडी तथा बस जलेर नष्ट भएका छन् । यता, मोटरसाइकल तथा स्कुटर भने ६०१ वटा रहेको प्रारम्भिक आँकडा छ । सबैभन्दा बढी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जलेका छन् । सो कार्यायलयमा ४७ वटा साना गाडी तथा बस जलेका छन् भने ७४ वटा मोटरसाइकल तथा स्कुटर जलेका छन् ।

तथ्याङ्क अनुसार अर्थमन्त्रालयका ३६ वटा गाडीमा आगजानी भएको छ । सो मन्त्रालय अन्तर्गतका ५४ वटा मोटरसाइकल तथा स्कुटर प्रदर्शनकारीहरुले जलाएका छन् ।

यस्तै, गृह मन्त्रालयका २५ वटा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २६ वटा, युवा तथा खेलकुद मन्त्रालयका १९ वटा, संघीय संसदमा १८ वटा, वन तथा वातारण मन्त्रालयका १७ वटा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा गाडी जलेका छन् ।

तथ्याङ्क अनुसार गृह मन्त्रालयका ३० वटा मोटरसाइकल तथा स्कुटर, कृषि मन्त्रालयको ३९ वटा, शिक्षा मन्त्रालयको ४७ वटा, खेलकुद मन्त्रालयको २३ वटा, संघीय संसदको ३६ वटा मोटर साइकल तथा स्कुटर जलेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भने ३३ वटा साना गाडी र २ ठुला बस जलेको छ ।सो मन्त्रालयमा ३६ वटा बाइक र स्कुटर जलेको तथ्याङ्क छ ।

कार्यालय नै पूर्ण रुपमा जलेको सर्वोच्च अदालतमा पनि ५१ वटा गाडी नष्ट भएका छन् । सर्वोच्चमा बाइक तथा स्कुटर भने गन्न नसकिने अवस्थामा जलेका छन् ।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि २२ वटा गाडी र १४ वटा दुईपांग्रे सवारी साधान जलेका छन् ।
सहरी विकास तथा भवन विकास विभागमा पनि ५० वटा गाडी जलेका छन् भने अनुमानित २०० वटा दुईपांग्रे सवारी जलेको आँकडा छ ।

यता, सडक विभागमा पनि ६५ वटा गाडी जलेरका छन् । विभागमा दुई पांग्रे भने गन्न नसकिने अवस्थामा जलेका छन् । यस्तै, महान्याधिवक्ताको कार्यालयमा पनि २ साना र एक बस जलेको छ ।

त्यसैगरि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्याल्य बग्गीखानामा १८ वटा गाडी र २९ वटा दुईपांग्रे सवारी जलेका छन् । यता, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पनि ९ वटा बाइक तथा स्कुटर जलेको आँकडा छ ।