बुधबार २४ मंसिर, २०८२

माइतीघरमा चार दिनदेखि एक युवतीको धर्ना : 'खबरदार यो बलिदान खेर नजाओस्'

माइतीघरमा चार दिनदेखि एक युवतीको धर्ना : 'खबरदार यो बलिदान खेर नजाओस्'

काठमाडौं । माइतीघर मण्डलामा एक युवती बीच सडकमै धर्नामा बसेकी छन् ।

‘ट्रान्सप्यारेन्सी अफ ह्वाट, हाउ एन्ड हु ?, खबरदार यो बलिदान खेर नजाओस्’ ब्यानर राखेर करिश्मा थापा नाम गरेकी युवती धर्नामा बसेकी हुन् ।

अब पनि नबोले कहिले बोल्ने भनेर भ्रष्टाचारमुक्त समाज निर्माणमा स्वतस्फूर्त रूपमा आफू धर्ना बस्न आएको उनले बताइन् ।

पारदर्शी सिसा अनुहार अगाडि राखेर धर्नामा बसेकी थापाले यो सिसाबाट वारपार देखिने जस्तै गरी स्वच्छ एवं पारदर्शी समाज बन्नुपर्ने माग राखेकी छन् ।

जेनजी आन्दोलन भ्रष्टाचार विरुद्धको एउटा क्रान्ति भएको बताउने थापाले यसलाई पूरा गर्नका लागि कोही पनि पछि पर्न नहुने बताउँछिन् ।

उनी भन्छिन्, ‘यो एउटा क्रान्ति थियो । धेरै जेनजीहरूले ज्यान गुमाएका छन् । यो क्रान्तिलाई पूरा गर्न हामी पर हुनु हुँदैन ।’

यो अभियान अहिले ‘मबाट हामी’ भएको उनको दाबी छ ।

थापा रोजगारीका क्रममा तीन वर्ष विदेश बसेर नेपाल फर्किएको युवती हुन् । अर्को मुलुक जाने तयारी गरिरहेकी थापा अहिले भने यो अभियानमा जुटेकी हुन् ।

May be an image of ‎4 people and ‎text that says '‎OF WHAT, TRANSPARENCY HOW &WHO مأع खबरदार !!! खेर नजाओस ن या बलिदान TA‎'‎‎