बुधबार २४ मंसिर, २०८२

कर्मचारीले घुस मागे अब सिधै अर्थमन्त्रीलाई इमेल

कर्मचारीले घुस मागे अब सिधै अर्थमन्त्रीलाई इमेल

काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकायमा कार्यरत कर्मचारीले घुस मागे अब सिधै अर्थमन्त्रीलाई गुनासो गर्न सकिने भएको छ ।

अर्थमन्त्री रामेश्वर खनालको इमेल रामेश्वर एट एमओएफ डटजीओभी डटएनपी वा गुनासो एट एमओएफ डटजीओभी डटएनपीमा इमेल गरेर गुनासो टिपाउन सकिने अर्थ मन्त्रालयले जनाएको छ ।

कर्मचारीले काम नगरेको, गर्नुपर्ने काम नगरेको वा अनुचित कामका लागि दबाब दिएमा समेत यस्तो गुनासो गर्न सकिने भएको छ । घुस वा रिसवत माग गर्दै काममा अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाइ भए सिधै अर्थमन्त्रीको इमेलमा पठाउन सकिने समेत अर्थले जनाएको छ ।