भक्तपुरको सल्लाघारी ल्याइयो भेँडा च्याङ्ग्रा
काठमाडौँ । नेपालीहरुको महान पर्व दशैँका लागि मुस्ताङबाट ल्याएका भेँडा-च्याङ्ग्रा भक्तपुरको सल्लाघारीमा ल्याइपुर्याएको छ ।
भक्तपुरमा व्यापारीहरुले प्रतिकेजी १३ सय रुपैयाँमा जिउँदो च्याङ्ग्रा बिक्री गरिरहेका छन् । सल्लाघारीमा रहेका भेँडा र च्याङ्ग्रालाई पशु चिकित्सकले चेकजाँच गरेपछि मात्रै बिक्री गर्ने गरिएको छ ।
पशु सेवा विभागले असोज ६ गतेदेखि १५ गतेसम्म सल्लाघारीमा नै पशुपन्छीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।
