सोमबार २२ मंसिर, २०८२

कांग्रेस नेता दिव्यमणिले गरे पुनर्निर्माण कोषमा ५१ लाख सहयोग

कांग्रेस नेता दिव्यमणिले गरे पुनर्निर्माण कोषमा ५१ लाख सहयोग

काठमाडौं । नेपाली कांग्रेसका नेता दिव्यमणि राजभण्डारीले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेका छन् ।

राजभण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

जेनजी आन्दोलन क्रममा तोडफोड र आगजनी भएका संरचना पुनर्निर्माणका लागि सरकारले कोष स्थापना गरेको हो ।

कोषका लागि प्रदान गरिएको रकम सदुपयोगले शहीदको आत्मालाई शान्ति मिल्ने राजभण्डारीले बताएका छन् ।

राजभण्डारीले सरकारले सहयोग गर्न आव्हान गरेको हुँदा अरुलाई पनि सहयोग गर्न अनुरोध गरेका छन् ।